मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आङ्दम्बेको संयोजकत्वमा निर्वाचन समिति गठन

आइतबार, ०३ पुस २०७९, १६ : २३
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ । 
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । 

 समितिले संसदीय दल चयनका लागि निर्वाचनको मिति ताक्ने छ । कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोइराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका हुन् । कांग्रेसका ८९ जना सांसदले स‌ंसदीय दलको नेता चयन गर्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप