बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

आइतबार, ०३ पुस २०७९, १६ : १४
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।  संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्नेलगायतका एजेण्डा बैठकको रहेको छ । 

उपसभापति धनराज गुरुङका अनुसार पार्टी कार्यालयमा सुरु भएको बैठकले निर्वाचन समिति गठन गरेर चुनावको मिति तोक्ने छ ।

कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको  छ । संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोईराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । कांग्रेसका ८९ जना सांसदले स‌ंसदीय दलको नेता चयन गर्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप