शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

शेखर र गगन नमिलेपछि धनराज भन्छन् – संसदीय दलको नेतामा मै पो उपयुक्त हुन्छु जस्तो भइसक्यो

आइतबार, ०३ पुस २०७९, १२ : १३
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्तापनइतर पक्षलाई एकीकृत राख्न आफू संसदीय दलको नेताका लागि अगाडि आउनुपर्ने अवस्था आएको जिकिर गरेका छन् । संसदीय दलको नेतामा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखिएपछि गुरुङले यस्तो बताएका हुन् । 

‘दुई जनालाई मिलाउन संसदीय दलको नेताको उम्मेदवार बन्न मै उपयुक्त हुन्छु होला जस्तो भइसकेको छ,’ रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘दाबी गरेर पाउने भए मैले किन दाबी नगर्ने ? मैले पनि त दाबी गर्न पाउने होला नि ।’  संस्थापन पक्षबाट भने संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा निर्विकल्प देखिएका छन् ।

कोइराला र थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखाएपछि  इतर पक्ष विभाजित हुने खतरा देखिएको छ । गुरुङका अनुसार आज दिउँसो ३ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक संसदीय दलको चुनावका लागि निर्वाचन समिति बनाउने भएको छ ।  गुरुङले भने, ‘ केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको चुनावका लागि निर्वाचन समिति बनाउँछ । भोलि वा पर्सी संसदीय दलको चुनाव हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप