शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्ने

आइतबार, ०३ पुस २०७९, १७ : ०८
आइतबार, ०३ पुस २०७९

नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा संसद्को जेष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ खुवाएपछि मात्रै दलको नेता चयन गर्ने निर्णय गरेको उपमहासचिव हरिबोल गजुरेलले बताए । 

‘अहिले कांग्रेस, एमालेलगायत अरू दलले संसदीय दलको नेता चयन गरेका छैनन् । हामीले हतारमा किन दलको नेता चयन गर्नुप¥यो भन्नेभयो’ गजुरेलले भने, ‘त्यसैले हामीले सबै सांसदहरुले शपथ खाएपछि दलको नेता चयन गरौँ भन्ने निर्णय भयो ।’ बरु निर्वाचित सांसदहरूलाई बोलाएर खादा माला लगाएर शुभकामना दिन सकिने तयारी गरिएको छ । संसदीय दलको नेतामा अध्यक्ष  प्रचण्ड आफै हुने निश्चित जस्तै छ । पार्टीबाट कुनै नेताले दाबी नगरेकाले प्रचण्ड हुने पक्कापक्की छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप