सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् नेपालीले खोजेका नयाँ श्रम गन्तव्य मुलुक

आइतबार, ०३ पुस २०७९, १८ : ०८
आइतबार, ०३ पुस २०७९

वैदेशिक रोजगारीका लागि नेपालीहरू विशेष गरी गल्फ देशहरूमा बढी जान्छन् । भिसा प्रक्रियाको सहजता, सहजै डिमाण्ड आउने, कुनै सीप नभएपनि जान पाउने जस्ता सुविधा भएपछि धेरै नेपालीको रोजाई खाडी मुलुक थियो । 

६ वटा गल्फ कोअप्रेशन काउन्सिल (जीसीसी) देशहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र यूएई र मलेसियामा धेरै नेपाली कामदार जाने गरेका छन् । केही वर्षअघिसम्म ८० प्रतिशत भन्दा बढी नेपाली यिनै देशहरूमा जाने गरेका थिए । तर, अहिले भने नयाँ नयाँ श्रम गन्तव्य मुलुक खोज्न थालेको देखिन्छ । नेपालबाट १६३ देशमा रोजगारीका लागि श्रम स्वीकृति लिने गरेको पाइएको छ । 

तीमध्ये केहीमा मात्रै धेरै मानिसहरूको चाप हुने गरेको थियो । तर, अहिले भने रोमानिया, क्रोएशिया, अल्बेनिया, पोल्याण्ड, साईप्रस, टर्की जस्ता देशहरू केही वर्षयता नयाँ गन्तव्यका रूपमा देखा परेका छन् । नयाँ श्रम गन्तव्य मुलुकहरूमा महिला पुरुष दुवै जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवास प्रतिवेदन २०२२’ अनुसार रोमानिया, यूके, क्रोएशिया, साईप्रस लगायतका देशलाई नयाँ श्रम गन्तव्य मानिएको छ । 

हाल नेपालबाट यूकेमा सिजनल वर्करको रूपमा नेपाली कामदार जाने गरेका छन् । तथ्यांक अनुसार यूकेमा २०१७ देखि २०२१÷०२२ सम्म ३ हजार २८६ जना नेपाली श्रमिकको रूपमा गएका छन् । आर्थिक वर्ष २०१७/०१८ मा ६५ जना गएका थिए, २०१८/०१९ मा ६०, २०१९/०२० मा ३८, २०२०/०२१ मा ३१५ र २०२१/०२२ मा २ हजार ८०८ जना गएका छन् । 

त्यस्तै क्रोएशियामा समेत पछिल्लो समय नेपाली कामदारको माग बढ्दो छ । सन् २०१७/१८ मा ५ जना मात्रै नेपाली कामदार गएका थिए । २०२१/२२ मा यो संख्या बढेर ५ हजार २०६ पुगेको थियो । त्यस्तै सन् २०१७ मा साईप्रसमा १ हजार ५७४ जना गएका थिए भने २०२१/०२२ मा ३ हजार २२२ पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप