मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गर्न प्रयास हुन्छः प्रवक्ता महत

आइतबार, ०३ पुस २०७९, १६ : ३६
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सर्वसम्मतरुपमा पार्टी संसदीय दलको नेता चयन गर्न प्रयास गरिने बताएका छन् । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतले सर्वसम्मतिमै नेता चयन गर्न जोड दिइने बताएका हुन् । 

‘पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने व्यक्तिलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गर्नेमा प्रयास हुन्छ’, उनले भने, ‘देउवाको नाममा सर्वसम्मतिको प्रयास गरिने छ । नभए चुनाव हुन्छ ।’
आजै बसेको बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप