शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

आइतबार, ०३ पुस २०७९, १७ : ३८
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो । 

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए ।  यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए । 

यसैगरी सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको महतले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप