शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपति समशेर जबरा

आइतबार, ०३ पुस २०७९, १७ : ४४
आइतबार, ०३ पुस २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । आइतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् ।  

उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे ।   उनले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउने बताए । त्यस्तै नेकपा (एमाले) को तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताए ।  

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेश सभा सदस्य देवकोटाले सरकारले पछिल्लो पटक अध्यादेश ल्याएर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताए । जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले संघीयता र प्रादेशिक व्यवस्थालाई थप बलियो बनाउन लाग्ने बताए । उनले कुनैपनि वर्ग, जाती, क्षेत्र र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गराउन लागिपर्ने बताए ।  
उनले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफूहरु लागिपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप