शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया

आइतबार, ०३ पुस २०७९, १६ : ५२
आइतबार, ०३ पुस २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताएका छन् ।  आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिने कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बाटो खुलेको बताएका हुन् । 

उनले आयोगले निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्र समेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताए । उनले एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भइसक्ने बताए । यसका निम्ति सांसदहरूले शपथग्रहण गर्नासाथ प्रक्रिया अगाडि बढाइने उनको भनाई छ । निर्वाचनको मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उनले जानकारी दिए ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले गत निर्वाचनबाट सिकेको पाठहरूलाई प्रयोग गर्दै आगामी निर्वाचनलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गरे । उनले नवनिर्वाचित सांसदहरूको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप