रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार
आज मिति २०७९ साल साउन महिनाको २७ गते शुक्रबार । आज गाईजात्रा र जनैपूर्णिमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आजकै दिन भएका अन्य मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
१. गाईजात्रा र जनैपूर्णिमा मनाइयो
शुक्रबार परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ । आजकै दिन रक्षा बन्धन अर्थात जनैपूर्णिमा पनि मनाइयो ।
ठमेलदेखि वसन्तपुरसम्म अल्पसंख्यक समलिंगीहरुको प्रदर्शन (फोटोफिचर) |
२. चुनावी सरगर्मी
मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचनसम्बन्धी गतिविधि तीव्र बन्न थालेको छ । चुनावी क्षेत्रमा नेताहरुले सक्रियता बढाउँदै लगेका छन् । निर्वाचन क्षेत्रका हारजितका फ्याक्टरबारे विभिन्न आंकलन पनि भइरहेका छन् । रातोपाटी डटकमले निरन्तर चुनावी विश्लेषण पस्किँदै आएको छ ।
कपिलवस्तु–१ मा गठबन्धनबाट चक्रपाणि कि दीपकुमार ? |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशको देखिएको गुटबन्दी मत्थर पार्न पहल थालेका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दुई हस्ती नेता गिरिराजमणि पोखरेल र मातृका यादव बीचको अन्तर द्वन्द्वका कारण समग्र मधेसमै पार्टीलाई धक्का लागेको निष्कर्षका साथ प्रचण्डले पहल थालेका हुन् । सोहीअनुसार प्रचण्डले दुई नेतालाई खुमलटारमा बोलाएर प्रदेश र संघीय चुनावमा पार्टीलाई एकढिक्का बनाउन निर्देशन दिएका छन् ।
मधेसका दुई हस्ती नेतालाई बोलाएर प्रचण्डले भने– गुटबन्दी नगर्नुस्, सँगसँगै हिँड्नुस् |
नेपालमा हाल सरुवाजन्य रोगको संक्रमण बढेको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार थरीथरीका सरुवाजन्य रोग धमाधम एकै समयमा देखिएको छ । विगत दुई महिनाको अवधिमा किटजन्य रोग डेंगु, स्क्रबटाइफस र कोभिड–१९ का बिरामी बढेका छन् । यस्तै, मङ्कीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन घोषणा गरेको छ भने र छिमेकी राष्ट्र भारतमा यस रोगको संक्रमण देखिएकाले नेपालमा पनि यसको जोखिमसँगै त्रास बढेको छ । सरुवारोग विशेषज्ञ शेरबहादुर पुन भन्छन्, ‘पछिल्ला दिनहरुमा सरुवा रोगहरुको ओभरल्यापिङ भइरहेको छ ।’
५. शेखर समूहको बैठक
काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाएका छन् ।
काँग्रेसको चुनावी अभियान कार्यक्रम हेरफेर |
६. कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु |
बिहीबार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका वीरबहादुर शाहीको शपथ रोकिएको छ । उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको हो । यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो।
अदालतको पत्रले कर्णालीको पर्यटनमन्त्रीमा नियुक्त भएका शाहीको शपथ रोकियो |
८. नयाँ कोच आउँदै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।
९. कुमारी आमाद्वारा आत्मदाह प्रयास
कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् । पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी टोलीले उनको प्रयास विफल बनाएको छ ।’
मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा भीष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।
मिटरब्याज नियन्त्रण गर्न गृह मन्त्रालयले बनायो कार्यदल |
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता