देउवाले निरन्तर पेलेको भन्दै शेखर समूहले बोलायो बैठक
काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाएका छन् ।
शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाइएको एक नेताले बताए । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए ।
देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती नेताको भनाइ छ ।
देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गरेका छन् । कोइराला समूहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै चुनावी रणनीतिका सन्दर्भमा पनि सो समूहका छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण