प्रशिक्षक प्रभाकर भोलि नेपाल आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।
प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् ।
नेपालले प्रभाकरको प्रशिक्षकत्वमा केन्याविरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ ।
खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन् । सिरिजका लागि क्यानले मंगलवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
अन्तरिक्षमा पुगेर फर्कियो केटी पेरीसहित छ जना महिलाको समूह
-
सुनसरीको देवानगञ्ज गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच