‘कुमारी आमा’द्वारा शीतलनिवास अगाडि आत्मदाह प्रयास
प्रहरीले जोगायो
शुक्रबार, २७ साउन २०७९, १६ : ०१

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।
पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी टोलीले उनको प्रयास विफल बनाएको छ ।’
प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थिइन् । उनी साउन २० बाट आमरण अनशनमा छिन् । प्रहरीले उनको साथबाट पेट्रोल लगेको बट्टा र लाइटर बरामद गरेको छ । अहिले उनलाई उपचारका लागी प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगेको छ ।