काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सिट बाँडफाँटमा पार्टीको धारणा स्पष्ट गरिने

नेपाली काँग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजेका लागि बैठक तय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उनको भनाइ छ । काँग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उनको भनाइ छ ।
कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ । यहीबीच काँग्रेसले यसबारे थप स्पष्ट पारेर जाने नेताहरुको भनाइ छ। यस्तै बैठकमा चुनावी अभियान सञ्चालनका सन्दर्भमा पनि निर्णय लिइने छ। यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गतेसम्म गर्न शीर्ष तहमा सहमति भएको छ । सो सहमतिलाई कार्य सम्पादन समितिले अनुमोदन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ