गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् । शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।
उनीहरुले विभिन्न पार्टीका शीर्ष नेताहरुका नक्कल (क्यारिकेचर) समेत गरेका थिए । कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए । त्यसैगरी उनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका थिए । उनले देश भद्रगोल अवस्थामा पुगिसकेको भन्दै अब नक्कल र व्यंग्य नभइ सिधा खबरदारी गर्नुपर्ने बेला भइसकेको बताए ।
वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरूमाथि व्यंग्य गरे । उनले राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि सुनाए । कलाकार शैलेन्द्र सिंखडाले मानिसको स्वभावको सम्बन्धमा व्यंग्यात्मक कविता सुनाए । कलाकार दमन रुपाखेतीले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरे । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको सम्बन्धमा उनको विषयवस्तु थियो । कलाकार शिवशंकर रिजालले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई विषयवस्तु बनाएर व्यंग्य प्रस्तुती दिए । त्यसैगरी कलाकार श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरे । साथै उनले चोटिला–चोटिला व्यंग्य कविता सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित