शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेशका आठ जिल्लामा कसको शक्ति कति ?

शुक्रबार, २३ भदौ २०७४, ११ : ०५
शुक्रबार, २३ भदौ २०७४

नेत्र पन्थी र एसके यादव 

महोत्तरी । दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा शक्ति परीक्षणमा उत्रेका प्रमुख तीन दल र मधेशवादी दुई दलका नेता कार्यकर्ता यतिबेला मतदाताको हिसाब किताबमा लागेका छन् । उनीहरु पहिलो र दोस्रो संविधानसभाको चुनावी अंक गणितलाई आधार मानेर स्थानीय तहमा हार जितको सम्भावना खोजिरहेका छन् । कारण, त्यतिबेला आफूलाई आएको मत सुरक्षित गर्ने र अन्य पार्टीमा गएका मतमाथि जति सकिन्छ कब्जा जमाउने दाउमा छन् उनीहरु ।

तर, सबै दल यो रणनीतिमा पास हुने छैनन् र यसो गर्न सम्भव पनि हुँदैन । सम्भव नहुनुका पछाडि मुख्य तीन कारणले काम गर्नेछन् । पहिलो, स्थानीय तहको पुनर्संचरना भएको छ र ती पार्टीले होल्ड गरेको क्षेत्रको मत बाँडिएको छ । दोस्रो, नयाँ संविधान जारीपछिको पहिलो स्थानीय तहको चुनाव हो, जहाँ ठ्याक्कै यही हुन्छ भन्ने सटिक हिसाब छैन । र, तेस्रोमा अलग–अलग चिरामा विभाजित मधेशका छवटा दलहरु अहिले एउटै छातामूनी आएर चुनाव लडेका छन् ।

यी तीन फ्याक्टरले दुई नम्वर प्रदेशको चुनावी अंकगणित हेरफेर हुन सक्छ । नतिजामा फेरबदल आउन सक्छ । सवैभन्दा रोचक यो छ कि, यहाँ सबैले आफुलाई पहिलो पार्टी बनाउने दावी गरेका छन् । र, प्रतिष्ठाको विषय पनि बनाएका छन् । स्थानीय मतदाताहरु दलहरुले सबै शक्ति लगाएर मधेशमा दबाबको राजनीति गरिरहेको पनि आरोप लगाएका छन् । 

उदारणका लागि आठ जिल्लाकै विगतका स्थानीय चुनावको अंकगणित हेर्नुपर्ने हुन्छ । मधेश आन्दोलनपछिको त्यहाँको फेरिएको राजनीतिक शक्ति सन्तुलन र थपिएका मतदाता अहिलेको चुनावको निर्णायक तहमा छन्, ती मतदाताले विगतको अंकगणितमा हेरफेर गर्न सक्छन् ।

मधेस ग्राउण्ड जिरो

 

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

 

जस्तो कि, २०७० को संविधानसभाको चुनावमा सप्तरीमा दुई लाख ३१ हजार तीन सय २४ मत खसेको थियो । स्थानीय तहको चुनावमा यहाँको मतदाता संख्या तीन लाख ३१ हजार ६ सय ७९ छ । एक लाखभन्दा बढी नयाँ मतदाता छन्, उनीहरु कसका मुद्दा र एजेन्डामा सहमत भएर भोट दिन्छन्, यो आँकलन बाहिरको कुरा छ । एक लाख नयाँ मतदाताले धेरैको राजनीतिक भविष्य निर्धारण गर्न सक्छन् । 

अब एक चरण दोस्रो संविधानसभामा तराई मधेशका आठ जिल्लामा कसको कुन अवस्था थियो भन्ने हेरौँ । 

२०७० कै कुरा गर्दा सप्तरीमा पहिलो शक्ति माओवादी थियो । माओवादीले ६ मध्ये तीन सिटमा जित निकालेको थियो । यहाँ उसलाई कुल ३० हजार आठ सय १६ मत प्राप्त भएको थियो । सप्तरीमा दोस्रो शक्ति काँग्रेस थियो, जसलाई दुई सिटमा जित मिलेको थियो । काँग्रेसलाई कुल ३० हजार ९४ मत मिलेको थियो । र तेस्रोमा एमाले थियो । एक सिट एमालेलाई आएको थियो । उसलाई सप्तरीबाट २८ हजार पाँच सय ४५ मत प्राप्त भएको थियो । त्यसपछि मधेशवादी दलहरु थिए । प्रत्यक्षतर्फ जित निकाल्न सकेनन् । सप्तरीमा संघीय समाजवादी फोरम नेपालले २३ हजार पाँच सय २१ मत पाएको थियो । ६ दल मिलेर अहिले राजपा बनेको छ । सिटका हिसावले पछाडि देखिएपछि ६ वटा दल मिलेर बनेको राजपाको मत चाहीँ ठूला तीन दलभन्दा बढी देखिन्छ । यदि यो मत त्यहीँ हिसावले स्थानीय तहमा पनि प्राप्त भयो भने ठूला दलका लागि ठूलो चुनौति बन्न सक्छ । सप्तरीबाट राजपाले कुल ३९ हजार ७ सय १८ मत पाएका थिए । 

२०७० को संविधानसभामा सिरहामा दुई लाख ३३ हजार नौ मत खसेको थियो । आयोगको तथ्याङ्क अनुसार सिरहामा तीन लाख ३२ हजार आठ ९५ मतदाता छन् । यस जिल्लामा पनि मतदाता यो चुनावमा सहभागी हुँदैछन्, जसले पुरानो अंकगणित प्रभावित गर्नेछन् । 

सिरहामा काँग्रेस पहिलो शक्ति थियो, ६ मध्ये चार सिटमा काँग्रेस विजय भएको थियो । यहाँ काँग्रेसलाई कुल ४७ हजार ६ सय चार मत खसेको थियो । एमाले र माओवादीलाई एक एक सिट मिलेको थियो । मत हिसाबले एमालेलाई ४२ हजार आठ सय ७९ र माओवादीलाई ३० हजार सात सय २० मत मिलेको थियो । फोरम नेपाललाई १० हजार सात सय १६ मत मिलेको थियो । राजपालाई यहाँबाट कुल २२ हजार चार सय ८९ मत प्राप्त भएको थियो । 

धनुषा नयाँ मतदाता धेरै नै छन् । २०७० को चुनावमा धनुषामा दुई लाख ६३ हजार तीन सय ४२ मत खसेको थियो । स्थानीय तहको मतदाता संख्या तीन लाख ८९ हजार तीन सय ९१ छ । थपिएका मतदाता यहाँको चुनावमा निर्णायक छन् र उनीहरुले पुरानो अंकगणितमा हेरफेर गर्न सक्छन् । 

धनुषामा २०७० को चुनावमा सातमध्ये काँग्रेस पाँच सिट जितेर काँग्रेस पहिलो शक्ति बनेको थियो । एक–एक सिटमा राजपा (तत्कालीन सद्भावनाका नेता संजय साह)  र एमालेले जित निकालेका थिए । यो जिल्लामा काँग्रेसलाई ७२ हजार पाँच सय ४, एमालेलाई ५१ हजार तीन सय ५७, माओवादीलाई २ हजार तीन सय सात मत पाएको थियो । फोरम नेपाललाई पाँच हजार ६ सय १४ मत प्राप्त भएको थियो । राजपालाई धनुषामा ३४ हजार ६ सय १८ कुल प्राप्त भएको थियो । 

२०७० भन्दा २०७४ को स्थानीय तहको चुनावसम्म आउँदा महोत्तरीमा पनि नयाँ मतदाताको संख्या ठूलो देखिएको छ । २०७० मा यहाँ दुई लाख ८६ हजार ८१ मत खसेको थियो भने अहिलेको स्थानीय तहमा मतदाताको संख्या तीन लाख ४ हजार नौ मतदाता छन् । नयाँ मतदाता यहाँ पनि पुरानो अंकगणितमा हेरफेर गर्न सक्ने संख्यात्मक हैसियतमा छन् ।

यहाँका ६ निर्वाचन क्षेत्र मध्ये २०७० मा एमाले र काँग्रेसलाई दुइ दुई सिट, माओवादीलाई एक र एक स्वतन्त्र उम्मेदवारलाई जित मिलेको थियो । भोटका हिसाले काँग्रेसलाई ३९ हजार एक सय ३२, एमालेलाई ३७ हजार पाँच सय २, माओवादीलाई ३४ हजार ६ सय १० र फोरम नेपाललाई आठ हजार सात ७ मत मिलेको थियो । राजपालाई यहाँबाट ६५ हजार ४ सय १७ मत मिलेको थियो । 

दुई नम्वर प्रदेशको अर्को जिल्ला सर्लाहीमा पनि पुरानै अंकगणितको चुनावी नतिजा नहुन सक्छ । यहाँ २०७० को संविधानसभा चुनावमा दुई लाख ६१ हजार आठ ९१ मत खसेको थियो भने अहिले स्थानीय तहको चुनावमा तीन लाख ६६ हजार ६ सय मतदाता छन् । २०७० को चुनावमा यहाँ काँग्रेसलाई तीन, राजपालाई दुई र एमालेलाई एक सिट प्राप्त भएको थियो । यहाँ काँग्रेसले ३९ हजार पाँच सय ३१, एमालेलाई ३७ हजार दुई सय ७१, माओवादीलाई २६ हजार ९२ मत तथा फोरम नेपाललाई १८ हजार पाँच सय ८५ मत मिलेको थियो । राजपालाई (तत्कालीन अवस्थामा हाल राजपामा रहेका पार्टी भिन्दाभिन्दै चुनाव लडेका थिए) ९१ हजार नौ सय ९२ मत मिलेको थियो । मतको हिसावले अहिलेको राजपा २०७० मा सर्लाहीमा पहिलो पार्टी थियो । 

दुई नम्वर प्रदेशको अर्को जिल्ला रौतहटमा २०७० को चुनावमा दुई लाख ३४ हजार ९ सय ३५ मत खसेको थियो भने अहिले मतदाताको सख्याँ तीन लाख २१ हजार १८ छ । नयाँ मतदाताले यहाँको चुनावी गणित हेरफेर गर्न सक्ने संख्यात्मक हैसियतमा छन् । रौतहटमा २०७० को चुनावमा एमालेलाई दुई, माओवादीलाई दुई, काँग्रेस एक र फोरम लोकतान्त्रिक एक सिटमा जित हासिल गरेका थिए । यहाँ एमालेलाई ४७ हजार दुई सय ४५, माओवादीलाई ४५ हजार आठ सय १, काँग्रेसलाई ४८ हजार एक सय १, फोरम नेपाललाई १४ हजार तीन यि नौ मत मिलेको थियो । राजपालाई यहाँबाट २० हजार नौ सय २ मत मिलेको थियो । 

बारामा २०७० मा दुई लाख ८ हजार ५ सय ६ मत खसेको थियो भने जवकि अहिले मतदाताको सख्याँ तीन लाख ३४ हजार सात सय ४६ छ । यहाँ पनि नयाँ मतदाताले पुरानो चुनावी समीकरण उल्टाउन सक्छन् । यहाँका ६ सिट मध्ये काँग्रेस र एमालेलाई तीन तीन सिट प्राप्त भएको थियो । भोटको हिसावले यहाँ काँग्रेसलाइ काँग्रेसलाई ५७ हजार नौ सय ६, एमालेलाई ५९ हजार सात सय ७ र माओवादीलाई २३ हजार सात सय १६ मत मिलेको थियो । फोरम नेपालले यहाँबाट १३ हजार नौ सय ४३ मत मिलेको थियो । राजपालाई ४३ हजार नौ सय ३१ मत प्राप्त भएको थियो । 

२०७० को चुनावमा पर्सामा एक लाख ७० हजार तीन सय ३१ मत खसेको थियो । अहिले स्थानीय तहको चुनावमा यहाँको मतदाताको सख्याँ दुई लाख ८० हजार दुई सय १२ छ । यी नयाँ मतदाताले यहाँको स्थानीय तहको चुनावमा समीकरणमा बदल्न सक्छन् । यहाँका पाँच सिटमा तीन एमाले र दुई काँग्रेसलाई मिलेको थियो । भोटका हिसावले यहाँ एमालेलाई ४४ हजार १२, काँग्रेसलाई ५३ हजार पाँच सय २३ मत आएको थियो । माओवादीलाई १९ हजार एक सय २ र फोरम नेपाललाई १६ हजार चार सय ३१ मत मिलेको थियो । राजपालाई यहाँबाट मत २ हजार आठ सय ७९ मत मिलेको थियो । 

कुल मतको हिसावमा जाने हो भने काँग्रेसले २०६४ मा मधेशका आठ जिल्लाबाट चार लाख १४ हजार तीन सय ४१ र २०७० मा तीन लाख ८९ हजार एक सय ७५ मत पाएको थियो । एमालेले २०६४ मा तीन लाख ३२ हजार नौ सय ५८ मत पाएको थियो भने २०७० को चुनावमा आठ जिल्लाबाट तीन लाख ३७ हजार एक सय ६३ मत पाएको थियो । 

२०६४ मा आठ जिल्लाबाट माओवादीले दुई लाख ६६ हजार नौ सय ६३ मत पाएको थियो भने २०७० मा दुई लाख ५२ हजार तीन सय ६१ मत पाएको थियो । फोरम नेपालले २०७० मा एक लाख ११ हजार आठ सय ९७ .मत पाएको थियो । त्यसबेला अशोक राइको संघीय समाजवादी पार्टी भिन्दै चुनाव लडेको थियो, जसलाई मधेशका आठ जिल्लामा १३ हजार ९१ मत प्राप्त भएको थियो । उपेन्द्रको फोरम र अशोक राईको समाजवादीबीच दोस्रो संविधानसभाको चुनावपछि एकता भएको थियो । 

त्यसबाहेक मधेशका आठ जिल्लाबाट २०७० मा राजपालाई चाहीँ तीन लाख २१ हजार नौ सय ४६ मत मिलेको थियो । 

तराई मधेशका आठ जिल्लामा २०७० को चुनावमा ४८ सिट थिए । ती मध्ये संसदको २०७० को अंकगिणतमा काँग्रेसलाई २१, एमाले १४, माओवादी आठ, राजपा ३ सिट र स्वतन्त्र एक र फोरम लोकतान्त्रिकले एक सिट जितेका थिए । २०७० को चुनावमा दुई नम्वर प्रदेशका आठ जिल्लाबाट २१ सिट जितेको काँग्रेसले ६७ जिल्लाबाट मात्रै ७८ सिटमा जित हासिल गरेको थियो । यो हिसाबले मधेशमा काँग्रेसको शक्ति अरु दलको तुलनामा बलियो देखाउँछ । 

२०७० को दोस्रो संविधानसभा चुनावमा दुई नम्वर प्रदेशका आठ जिल्लामा १८ लाख ४९ हजार चार सय १९ मत खसेको थियो । अहिले यी आठ जिल्लामा मतदाताको सख्याँ २६ लाख ६४ हजार नौ सय ५० छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा  १९ लाख ८० हजार सात मत खसेको थियो । 

असोज २ गते दुई नम्वर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यहाँबाट ६६२७ प्रतिनीधि निर्वाचित हुनेछन् । यहाँ मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् । चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

स्थानीय तहको तेस्रो चरणमा असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनका लागि ३६ हजारभन्दा बढीको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार भएको मनोनयनका क्रममा ३६ हजार ७३ जनाको उम्मेदवार मनोनयन दर्ता भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)ले जनाएको छ ।

प्रमुख/अध्यक्ष पदमा एक हजार ७ सय ८३, उपप्रमुखर उपाध्यक्ष पदमा एक हजार १ सय ३०, वडाध्यक्ष पदमा ८ हजार १८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । खुल्ला सदस्य दुई पदमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३ सय ६० र महिला दलित सदस्यमा पाँच हजार ७ सय ५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

जिल्लागत रुपमा सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन् ।

सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।

धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । 

महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् ।

सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । 

रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदानस्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् । 

बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । 

पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदानस्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् । 

बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव भएको थियो । असार १४ गते दोस्रो चरणमा १, ५ र ७ प्रदेशका ३३४ स्थानीय तहमा निर्वाचन भएको थियो । पहिलो र दोस्रो चरणको चुनावमा एमाले २७६ सिटसहित पहिलो, काँग्रेस २२६ सिटसहित दोस्रो र ८५ सिटसहित माओवादी तेस्रो तहमा छ । 

मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप