शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

आइतबार, १८ भदौ २०७४, १३ : ५१
आइतबार, १८ भदौ २०७४

काठमाडौं– आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय चुनावमा आफ्नो उम्मेदवारलाई जिताउन दलहरुले आकर्षक नारासहित मतदाता भेटघाट, चुनावी सभा, घरदैलो, पर्चा पम्पप्लेटिङ लगायतका कामलाई थप शसक्त बनाएका छन् । अहिलेसम्म दलहरुले सवै तहमा उम्मेदवारको टुङगो नलगाएपनि अन्य चुनावी प्रचारप्रसारका कार्यक्रमलाई भने तिव्रदा दिँदै आएका हुन् । 

२ नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय ठानेका प्रमुख दलका नेता कार्यकर्ताले पार्टीका शीर्ष नेताको आश्वासन सुनाइरहेका छन् भने कतिले स्थानीय रुपमै मतदाताका समस्या केलाएर मतदातालाई आफुतिर आकर्षित गर्ने काम पनि गरिरहेका छन् । खासगरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजबादी फोरम, लोकतान्त्रिक फोरम लगायतले २ नम्बर प्रदेशका आठवटै जिल्लामा आफ्ना गतिविधि तिव्र पारेका छन् । यी जिल्लामा प्रमुख दलका शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव विजयकुमार गच्छेदारलगायतका नेताहरुको २ नम्बर प्रदेशमा आउजाउ बाक्लिएको छ । 

त्यसमा पनि यो प्रदेशका जनकपुर र वीरगञ्जलाई शीर्ष नेता र दलहरुले प्राथमिकतामा राखेका छन् । वीरगञ्ज २ नम्बर प्रदेशको एकमात्र महानगरपालिका हो भने जनकपुर उपमहानगरपालिका । त्यसैले पनि दल र नेताहरुले यी दुई स्थानका मतदाता रिझाउने र फकाउने काममा बढि नै मेहनत गर्ने गरेका छन् । त्यसका लागि शीर्ष तहका नेतादेखि जिल्लास्तरका नेताहरुले मतदातालाई आकर्षक चुनावी नारा पस्कने गरिरहेका छन् । यो प्रदेशमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका चुनावी नारा मिल्दा जुल्दा जस्तै देखिएका छन् । उनिहरुले विश्वविद्यालय स्थापना देखि विमानस्थल, डाइभर्सनसमेतलाई उच्च प्राथमिकतामा राखेर चुनावी प्रचार प्रसार गर्ने माध्यम बनाएका छन् ।       

२ नम्बरमा कांग्रेसका चुनावी नारा 
 

१. विश्वविद्यायल स्थापना गर्ने
२. कृषि क्याम्पस सञ्चालन 
३. कोसी कमला डाइर्भसन बनाउने 
४. जनकपुमार अन्तराष्ट्रिय विमानस्थल बनाउने 
५. जनकपुरलाइ नै २ नम्बर प्रदेशको राजधानी बनाउने
६. वीरगञ्जलाई औधोगिक नगरीका रुपमा विकास गर्ने

दुई नम्बर प्रदेशमा कांग्रेस, एमाले र माओवादीले आफ्नै पार्टीले सवैभन्दा बढि स्थानीय तह जितेर पहिलो हुने दावी गर्दै आएका छन् । यस्तो दावी मधेस केन्द्रित दलले भने अहिलेसम्म गरेका छैनन । २ नम्बर प्रदेश राजपा, फोरम नेपाल, लोकतान्त्रिक फोरम लगायतका दल कांग्रेस एमाले र माओवादीलाई टक्कर दिने दलका रुपमा हेरिएका छन् । यी प्रमुख दलले यो प्रदेशमा अघि सारेका चुनावी नारा पनि प्रायजसो मिल्दा जुल्दा नै छन् । जनकपुरमा अन्तरािष्ट्रय विमानस्थल बनाउने, जनकपुरलाई नै महानगर घोषणा गर्न प्रयास गर्ने वीरगञ्जलाई आर्थिक औधोगिक नगरीका रुपमा विस्तार गर्ने लगायतका चुनावी नारा प्रमुख दलले अघि सारेका छन् ।  
दुई  नम्बरमा माओवादी केन्द्रका चुनावी नारा

१.जनकपुरमा अन्तराष्ट्रिय विमानस्थल बनाउने 
२.बैदेशिक रोजगारको कार्यलय राख्ने २ नंम्बर प्रदेशमा 
३.रामायण सर्किटको द्रुत गतिमा निर्माण पहल गर्ने (अयोध्यादेखि जनकपुरसम्म)
४. जनकपुरलाई महानगर बनाउन प्रयास गर्ने ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनमत जुटाउन दलहरु यसरी दौडधुपमा लागेपनि स्थानीय मतदाताले भने उनीहरुका चुनावी प्रतिवद्धताप्रति खासै विश्वास गर्न सकेका छैनन् । जनकपरका स्थानीय शिक्षक अमित कर्ण भन्छन् ‘चुनावका बेला नेता र दलहरुबाट आश्वसन आउनु नौलो होइन, तर यस्ता नारा र प्रतिबद्धता मतदान सकिएपछि त्यसै सेलाउँछन्, त्यसैले उनीहरुका आश्वसनको विश्वास गरिहाल्ने अवस्था सबै मतदाताको छैन ।’ शिक्षक कर्णका अनुसार मधेसका जनता सुशासन र दिगो शान्तिको पक्षमा छन् । उनीहरु अपमान नभई उच्च स्वभिमानका साथ बाच्न र बस्न चाहान्छन् । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहलाई आफनो प्रतिष्ठा जोगाउने थलोदेखि पहिलो पार्टी बन्नेसम्मको दाउँपेचमा दलहरु लागिरहेको भन्दै धनुषा लक्ष्मिनियाका किसान रामेश्वर यादव भन्छन्‘ ज–जसले जेजे भनेपनि हामी सधै समस्यै समस्यामा हुन्छौ, हामी आधारभुत अधिकारबाटै बन्चित छौ ठुलाठुला कुरा गरेर कसरी पत्याउने ? ’ मतदताहरुले दल तथा नेताका आश्वसनमा विश्वास नगरेपनि प्रदेश नम्बर २ का सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाका मतदाता भने चुनाव हुने निश्चित भएपछि उत्साहित भएका छन् । 
एमालेका चुनावी नारा 
 

१.अन्तराष्ट्रिय विमानस्थल बनाउने 
२. जनकपुरलाई महानगर बनाउने 
३. हुलाकी राजमार्ग निर्माणका लागि अग्रसरता लिने 
४. बाढी तथा डुवानका समस्या दीर्घकालिन रुपमा समाधानको प्रयास गर्ने 

यसअघिको स्थानीय चुनावमा पहिलो पार्टी बनेको नेकपा एमाले तेस्रो चरणमा पनि अग्रता कायम राख्ने रणनीति बनाएको छ । नेपाली कांग्रेस भने दुई चरणको निर्वाचन परिणामलाई प्रदेश नम्बर २ बाट पुर्ति गरेर स्थानीय तहको ठूलो दल बन्ने योजनामा छ । नेकपा माओवादी केन्द्र पनि सोही प्रदेशबाट जनमत बढाएर आफनो पहिलेको खाडल पुर्ने तयारीका साथ आफ्ना गतिविधिलाई सशक्त बनाउदै आएको पाइएको छ । 

राजपाको मुख्य चुनावी नारा
–संविधान संशोधन
मधेश केन्द्रीत दल त झन् यो चुनावमा संविधान संशोधनको मुद्धा र मधेशी जनताको आवाज नै आफुहरु रहेको भनेर जनतामाझ गइरहेका छन् । उनीहरु अन्य दलको तुलनामा आफुहरु खास मधेसका जनताको पार्टी भएकाले आफुलाई नै जिताउन मतदातासमक्ष आग्रह गरिरहेका छन् । राजपा, फोरम नेपाललगायतका दलहरुले संविधान संशोधनको बिषयलाई स्थानीय तहको मुख्य चुनावी नारा बनाएका छन् । त्यहि नाराका आडमा मधेसमा चुनाव जित्ने उनिहरुको दावी छ ।

 
एक महानगर, तीन उपमहानगर सहित १ सय ३६ स्थानीय तहमा बाढी र डुवानको पीडा भोगिरहेका जनतासँग यसरी मत माग्न दलहरुले चुनावपछि पनि जनताको समस्यासँग साक्षात्कार गर्छन् या गर्दैनन् त्यो भने हेर्न बाँकी नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप