बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

बिहीबार, २२ भदौ २०७४, १६ : १२
बिहीबार, २२ भदौ २०७४

नेत्र पन्थी र अमरेन्द्र यादव

जनकपुर । मधेश आन्दोलनमा तनाव र भिडन्तले तातेका तराई मधेशमा आठ जिल्लामा तेस्रो चरणको चुनावी प्रक्रिया शुरु भएको छ । आन्दोलनको बेला निकै नै तनापूर्ण देखिएको तराई मधेशमा चुनावी सुरक्षा कस्तो छ ? राज्य संयन्त्र, राजनीतिक दल, उम्मेद्वार, मतदाता र सर्वसाधरण सबैको चासो देखिएको छ ।

आधाभन्दा बढी मतदानस्थल अति सुरक्षा संवेदनशीलको सूचीमा राखेर यहाँ चुनाव हुँदैछ । चारवटै सुरक्षा निकायका अधिकारीहरु केही चुनावी चुनौतिकाबीच शान्तिपूर्ण रुपमा चुनाव सम्पन गराउन लागिपरेका छन् । दुई नम्वर प्रदेशको आठ जिल्लामा हुन लागेको स्थानीय तहको चुनावका ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

नेपाल प्रहरीले २६ हजार जनशक्ति चुनावी सुरक्षामा परिचालन गरेको नेपाल प्रहरीको दुई नम्वर प्रदेश संघीय इकाई कार्यलयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुभास चन्द्र चौधरीले बताए । त्यसबाहेक सशस्त्र प्रहरीले करीब आठ हजार जनशक्ति चुनावमा परिचालन गरेको सशस्त्र प्रहरीका प्रवत्ता एसएसपी राजु अर्यालले बताए । नेपाली सेनाले झन्डै १८ हजार सुरक्षाकर्मी चुनावमा परिचालन गर्ने जनाएको छ ।

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

भदौ १८ गते भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेशका संवेदनशील क्षेत्र, चुनावी सुरक्षा र सुरक्षाकर्मीको परिचालन लगाएका विषयमा छलफल भएको थियो ।

मतदानस्थल, मोवाइल परिचालन, रिजर्व फोर्स, निर्वाचन कार्यलय सुरक्षा र प्रहरीका कार्यलय सुरक्षासहित चुनावभर दुई नम्वर प्रदेशमा २६ हजार एक सय ५० प्रहरी परिचालन हुनेछन् । ती मध्ये २१ हजार चार सय २८ जना प्रहरी मतदान केन्द्रको सुरक्षामा खटिने छन् । 

दुई नम्वर प्रदेश संघीय इकाई कार्यलयका अनुसार सप्तरीमा ३ हजार ९ सय ३५, सिरहामा दुई हजार सात सय ६५, धनुषामा चार हजार पाँच, महोत्तरीमा तीन हजार ८४, सर्लाहीमा तीन हजार सात सय ७३, रौतहटमा तीन हजार एक सय ६, वारामा तीन हजार दुई सय ७८ र पर्सामा दसई हजार एक सय ६९ प्रहरी चुनावी सुरक्षामा परिचालन हुनेछन् ।

प्रहरीले चुनावी सुरक्षाका लागि गाउँपालिकामा दुई वटा, उपमहानगर र नगरपालिकामा तीन वटा तथा महानगरपालिकामा चार वटा मोबाइल फोर्स परिचालन गर्ने योजना बनाएको छ ।

तराईका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सीमाक्षेत्रबाट हुन सक्ने सम्भावित अपराधिक घटनाप्रति पनि सुरक्षा निकायले तयारी गरेको छ । भारतीय काउन्टर पार्टसँग बैठकदेखि चुनाव अगाडिका केही घण्टा सीमा बन्दसम्मका योजना यसमा परेका छन् । ‘सीमा नाकाबाट साना हतियार निभित्रिउन् भन्नेमा हामी सचेत छौँ । र जाँचमा सशस्त्र प्रहरीसहित हामीले पनि कडाई गरेका छौँ ।’ जनकपुरस्थित संघीय इकाई कार्यलयका एसएसपी चौधरीले भने ।

यहाँका सुरक्षा निकायले भौगोलिक अबस्था, विगतका घटना र सम्भावित झडपलाई सुरक्षा चुनौतिका रुपमा लिएका छन् । विप्लव माओवादी, सिरहा र सप्तरीमा जयकृष्ण गोइत र नगेन्द्र पासवान ज्वाला समूहलाई सुरक्षा चुनौतिका रुपमा हेरिएको छ । विगतमा मधेशमा भएका दलहरुबीचका झडपमा ठूला हातहाती भएकाले प्रहरीले झडपलाई मुख्य चुनौति मानेको छ । यसको लागि आवश्यक सर्तकता अपनाइएको अधिकारीहरुले बताएका छन् ।

यति हुँदाहुँदै पनि बुधवार मनोनयनका दिन बर्दिवासमा बम बिस्फोट भएको थियो भने सिरहामा एमालेका उम्मेद्वार मुन्नी साहको घरमा बम बिस्फोट भएको थियो । प्रहरीले पहिलो चरणको चुनावमा बर्दिवासमा भएको छापाबाट विप्लव पार्टीको सवै योजना फेला पारेको त्यसले सुरक्षा योजनालाई लागु सहज भएको बताएको छ । तराईमा सीके राउतको चुनाव विरोधी ठूलो गतिविधि छैन । यहीँ कारण सीके राउत चुनावका लागि ठूलो सुरक्षा चुनौति बनेका छैनन् । जिल्लामा लाइसेन्स ल्याएर राखिएका अधिकाश हतियार जिल्ला प्रशान कार्यलयमा जम्मा गरिएको छ । पार्टी निकट कर्मचारीलाई पनि सुरक्षा निकायले निगरानीमा राखिएको छ ।

यति हुँदाहुँदै पनि सुरक्षा निकायले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामन्य गरी तीन तहमा विभाजित गरेको छ । यहीँ अनुसारको सुरक्षा व्यवस्था गरेको छ । दुई नम्वर प्रदेशका आठ जिल्लाका दुई हजार १६६ मतदानस्थल मध्ये एक हजार तीन मतदानस्थलाई अति संवेदनशील सूचिमा राखिएको छ । जिल्लागत हिसवाले हेर्दा धनुषामा २ सय २२ अति संवेदनशील र एक सय पाँच संवेदनशील मतदानस्थल छन् । त्यसबाहेक सिरहामा एक सय नौ अति संवेदनशील ९ संवेदनशील र २ सामन्य मतदानस्थल छन् । सप्तरीमा दुई सय ६ अति संवेदनशील, एक सय ३५ संवेदनशील मतदानस्थल छन् । सर्लाहीमा एक सय ४१ अति संवेदनशील, एक सय ५१ संवेदनशील र २५ सामन्य मतदानस्थल छन् । यसबाहेक पर्सामा ३७ अति संवेदनशील, ८९ संवेदनशील र १५ सामन्य मतदानस्थलका रुपमा लिइएको छ । वारामा ६६ अति संवेदनशील, एक सय २९ संवेदनशिल र एक सय ९ सामन्य मतदानस्थल छन् । रौतहटमा ८२ अति संवेदनशील, ८७ संवेदनशील र एक सय ८ सामन्य मतदानस्थल छन् ।

म्यादी प्रहरीविना चुनाव
तेस्रो चरणको चुनावमा म्यादी प्रहरी भने छैनन् । पहिलो  दोस्रो चरणको चुनावपछि म्यादी प्रहरी बिदा गरिएको संघीय इकाई कार्यलयले जनाएको छ । म्यादी प्रहरीको ठाँउमा अन्य जिल्लाबाट प्रहरी मगाइएको छ ।

आन्दोलनमा उग्र कार्यकर्ता चुनावमा शान्त
मधेश आन्दोलनमा उग्र देखिएका मधेशी दलका नेता कार्यकर्ता चुनावमा शान्त छन् । मतदाता फकाउने गरि घर दैलोदेखि अन्य चनावी प्रचार गरेका छन् । यो सुरक्षा निकायका लागि खुसीको कुरा भएको छ । जव कि तीन वटा मधेश आन्दोलनमा भएका हिंसामा ६० भन्दा बढीले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा हजारौँ घाइते बनेका थिए भने ठूलो मात्रामा भौतिक संरचनाको क्षति भएको थियो । ती सवै भुलेर मधेशवादी दलका नेताहरु अहिले चुनाव मोर्चामा खटेका छन् ।

अंकमा चुनाव
असोज २ गते दुई नम्वर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यहाँबाट ६६२७ प्रतिनीधि निर्वाचित हुनेछन् । यहाँ मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् । चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

जिल्लागत रुपमा सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन् ।

सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।

धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् ।

महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् ।

सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् ।

रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदानस्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् ।

बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् ।

पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदानस्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् ।
र,
बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्वर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव भएको थियो ।

असार १४ गते दोस्रो चरणमा १, ५ र ७ प्रदेशका ३३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।

मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप