२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)
जनकपुर– स्थानीय तहको तेस्रो चरणमा असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनमा महिला सक्रियता निकै बढेको छ ।
लामो समय मधेसमा आन्दोलन गर्दै आएका मधेसवादी दलहरुको विरोधका कारण निर्वाचनकै सुनिश्चितता नभएको २ नम्बर प्रदेशमा निकै उभारका साथ स्थानीय तहको निर्वाचन हुँदैछ । संविधानप्रति नै असन्तुष्ट जनाउँदै दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिएको राजपा नेपाल २ नम्बर प्रदेशको निर्वाचनमा सहभागिता जनाएको छ । राजपाको सहभागिताले पनि उत्साहजनक हुँदै गइरहेको यो निर्वाचनमा महिलाहरुको सक्रियता निकै देखिएको छ ।
स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एकमा महिला अनिवार्य गरी ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका कारण पनि महिला सक्रियता बढेको हो ।
पाँच जना रहने वडा समितिमा एक जना वडाध्यक्ष, दुई जना महिला र अन्य दुई जना संविधानले ७४४ स्थानीय तहमा रहेको छ हजार ६८० वडामध्ये १३ हजार ३६० जना वडा सदस्य महिला निर्वाचित हुने ब्यवस्था संविधानले नै गरेको छ ।
असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह छन् । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।
सातवटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी जम्मा ६१७ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा