२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)
जनकपुर– स्थानीय तहको तेस्रो चरणमा असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनमा महिला सक्रियता निकै बढेको छ ।
लामो समय मधेसमा आन्दोलन गर्दै आएका मधेसवादी दलहरुको विरोधका कारण निर्वाचनकै सुनिश्चितता नभएको २ नम्बर प्रदेशमा निकै उभारका साथ स्थानीय तहको निर्वाचन हुँदैछ । संविधानप्रति नै असन्तुष्ट जनाउँदै दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिएको राजपा नेपाल २ नम्बर प्रदेशको निर्वाचनमा सहभागिता जनाएको छ । राजपाको सहभागिताले पनि उत्साहजनक हुँदै गइरहेको यो निर्वाचनमा महिलाहरुको सक्रियता निकै देखिएको छ ।
स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एकमा महिला अनिवार्य गरी ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका कारण पनि महिला सक्रियता बढेको हो ।
पाँच जना रहने वडा समितिमा एक जना वडाध्यक्ष, दुई जना महिला र अन्य दुई जना संविधानले ७४४ स्थानीय तहमा रहेको छ हजार ६८० वडामध्ये १३ हजार ३६० जना वडा सदस्य महिला निर्वाचित हुने ब्यवस्था संविधानले नै गरेको छ ।
असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह छन् । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।
सातवटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी जम्मा ६१७ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण