बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

मङ्गलबार, २० भदौ २०७४, १९ : २४
मङ्गलबार, २० भदौ २०७४

काठमाडौं– पहिलो र दोस्रो चरणमा भएको ६ वटा प्रदेशको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालले तेस्रो तथा अन्तिम चरणमा हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनमा भाग लिँदैछ । 

पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको राजपा नेपालले मंगलबार २ नम्बर प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाई उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको नामावलीअनुसार केही नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख नै रिक्त रहेको छ । 

सप्तरी जिल्लाको दुई गाउँपालिकाको उपप्रमुख रिक्त राखेको छ भने सिरहाको पनि सिरहा नगरपालिकासहित ३ स्थानीय तहको उपप्रमुखको उम्मेदवार रिक्त छ । 

यस्तै, धनुषाको गणेशपुर चारनाथ, कमला र हंशपुर नगरपालिकाको प्रमुख खाली छाडेर उपप्रमुखको मात्रै उम्मेदवार सार्वजनिक गरेको छ । 

यसैगरी, राजपाले महोत्तरी जिल्लाको मटिहानी, बलवा, औरही र मनवा सिसवा नगरपालिकासहित ८ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवार खाली छाडेको छ भने सर्लाहीको हरिवन नगरपालिकाको प्रमुखसहित ६ स्थानीय तहको उपप्रमुखको पद रिक्त रहेको छ । 

यस्तै, रौतहटमा एक नगरपालिकाको प्रमुख र ६ नगरपालिकाको उपप्रमुख खाली छाडिएको छ भने बारामा ४ स्थानीय तहको उपप्रमुख रिक्त रहेको छ । 
यसैगरी, राजपाले पर्साको वीरगञ्ज महानगरपालिकाको उपप्रमुखसहित दुई स्थानीय तहको उपप्रमुख रिक्त रहेको छ । 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलबार विज्ञप्ति जारी गर्दै कतिपय योग्य, सक्षम, र जनाधार भएका नेताहरुलाई पार्टीले सीमित स्थानीय तहको प्रमुख, उप–प्रमुख र अध्यक्ष–उपाध्यक्ष उम्मेदवार बनाउन नसकेको भन्दै पार्टीभित्र विवाद रहेको संकेत गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा सबै आकांक्षी साथीहरुलाई उम्मेदवार बनाउन नसकेका त्यस्ता नेता तथा नेतृत्वकर्तालाई पार्टीले भविष्यमा  हुने प्रादेशिक एवं केन्द्रीय व्यवस्थापिकाको निर्वाचन तथा पार्टीमा जिम्मेवारी र दायित्व प्रदान गर्दा उच्च मूल्याङकनका साथ स्थान दिने भन्दै आश्वासन पनि सोही विज्ञप्ति मार्फत दिइएको छ । 

हेर्नुहोस् नामावली सूचिः
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप