रातोपाटी ब्रिफिङ : तालमेल गरेरै चुनावमा जाने काँग्रेसको निर्णय, विश्वराजले दिए राजीनामा
आज २०७९ साउन २ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा काँग्रेस बैठकका १३ निर्णय; गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने निष्कर्ष, बजेट निर्माणमा संसदीय समितिले भेटेन ‘कैफियत’, चालु आर्थिक वर्षका योजनाको ठेक्काबारे साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने, एआईजी विश्वराज पोखरेलले दिए राजीनामा, माओवादी र एमालेको एकता तोडेको नेकपामा लफडा, सभामुखले सुनाए आफ्नो अनुभव, पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर लगियो मन्दिर लगायत छन् ।
१. काँग्रेस बैठकका १३ निर्णय; गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने निष्कर्ष
विभिन्न १३ निर्णय गर्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बैठकले आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेर जाने निर्णय गरेको छ ।
२. बजेट निर्माणमा संसदीय समितिले भेटेन ‘कैफियत’
बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको प्रमुख प्रतिपक्षको आरोपपछि वास्तविकता पत्ता लगाउन गठित संसदीय समितिले त्यस्तो कैफियत फेला नपरेको सम्बद्ध स्रोतले जनाएको छ ।
संसदीय समितिले भेटेन अर्थमन्त्रीविरुद्धको प्रमाण |
३. चालु आर्थिक वर्षका योजनाको ठेक्काबारे साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने
अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा परेका योजनाको ठेक्कापट्टाको बोलपत्र साउन मसान्तभित्रै गरिसक्नुपर्ने गरी बजेट कार्यान्वयनको मार्गदर्शन जारी गरेको छ । यस्तै असोज मसान्तसम्म कुनै पनि शीर्षकको बजेट अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने मार्गदर्शनमा उल्लेख छ ।
असोज मसान्तभित्र ठेक्का–पट्टा लागिसक्नुपर्ने, सम्झौताको १५ दिनभित्र अनिवार्य कार्यान्वयन |
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले आईजीपी धीरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।
एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सो नामको विषयमा फेरि लफडा सुरु भएको छ । अध्यक्ष ऋषि कट्टेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतमले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरेको गम्भीर आरोप लगाएका छन् । कट्टेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनकै सम्बन्धमा सर्वोच्चले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको दलको नाम नेकपा राख्न नमिल्ने फैसला गरेपछि माओवादी र एमालेको एकता तोडिएको थियो ।
नेकपाको विषयमा फेरि लफडा, माधव नेपाल र वामदेवमाथि खनिए ऋषि कट्टेल |
सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको जिम्मेवारी सम्हालेपछिका आफ्ना अनुभव सोमबार पत्रकारहरुलाई सुनाएका छन् । सभामुख पदको शपथ लिएर डेरामा फर्किएपछि आफूले स्वतन्त्रता हरण भएको महसुस गरेको तर यो बीचमा धेरै कुरा सिक्न पाएको उनले सुनाए ।
७. प्रदेश १ मा नामकरणबारे लफडा बढ्दै
प्रदेश १ मा नामकरणबारे विभिन्न कोणबाट विभिन्न प्रस्ताव आएपछि सहमतिका लागि कठिन हुन थालेको छ । सोमबार मुख्यमन्त्रीको कार्यालय घेराउदेखि लिएर ज्ञापनपत्र बुझाउने सम्मका गतिविधि भएका छन् ।
८. साउनको पहिलो सोमबार पशुपतिमा घुइँचो
साउनको सोमबार हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको विशेष आराधना र पूजा गर्दछन् । सोही क्रममा साउनको पहिलो सोमबार राजधानीको पशुपतिनाथमा दर्शनार्थीको उल्लेख्य भिड देखियो ।
सुरु भयो बोलबम यात्रा, तस्बिरहरू हेर्नुहोस् |
साउनमा समेत पानी नपरेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्न मन्दिरमा पु¥याएका छन् । किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् ।
१०. र यो पनि,
काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा हुने गरेको थाहा भएको छ । त्यस्तो धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित ३ जनालाई पक्राउ गरेको छ ।
क्याप्टेन पवनराज जोशी जसले १७ वर्ष अकासमा राष्ट्रिय ध्वजावाहक विमान उडाए, तर विगत ११ वर्षदेखि भने उनी गाँजाबाट देशलाई सम्पन्न गराउने सपनाको उडानमा छन् । उनको सपनाको उडानले गति लिन सरकारी नीति बाधक बनेको छ ।
न्यायपरिषद बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न परिषद्ले सिफारिस गरेको हो ।
नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल