आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो बोलबम यात्रा, तस्बिरहरू हेर्नुहोस्

सोमबार, ०२ साउन २०७९, १२ : १०
सोमबार, ०२ साउन २०७९

आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ । 

देशका विभिन्न भागमा बोलबम यात्रा सुरु छ । काठमाडौँको पशुपति बोलबम मेला भर्नका लागि नेपाल साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप