अर्थ मन्त्रालयको मार्गदर्शन : तलब भत्ताको बजेट रकमान्तर नगर्नु

अर्थमन्त्रालयले बजेट कार्यान्वयनको मार्ग निर्देशनमार्फत अनिवार्य दायित्व अन्तर्गतका शीर्षकका बजेट रकमान्तर नगर्न निर्देशन गरेको छ । चालु खर्च अन्तर्गत विनियोजित रकमको बाँडफाँट गर्दा तलब, महँगी भत्ता, खाद्यान्न, पोशाक, घर भाडा, पानी, बिजुली र सञ्चार महसुलजस्ता अनिवार्य दायित्वमा पर्ने शीर्षकको बजेट रकमान्तर नगर्न भनेको हो ।
यस्तो शीर्षकको बजेट सुनिश्चित गरेर मात्र रकम अन्य सेवा र कार्यका लागि बाँडफाँट गर्नु–गराउनुपर्ने मन्त्रालयलको मार्गदर्शनमा भनिएको छ । अनिवार्य दायित्व वापत बाँडफाँट कम गरेको कारणबाट सिर्जित दायित्वका लागि रकमान्तर र थप निकासा नहुने पनि मन्त्रालयले जनाएको छ। साथै यस्तो दायित्व पछिल्ला आर्थिक वर्षमा सार्ने गरी भुक्तानी दिन बाँकी समेतमा राख्न नपाइने मार्गदर्शनमा उल्लेख छ ।
यस्तै ‘अर्थ मन्त्रालयको सहमति विना अनिवार्य दायित्व अन्तर्गत पर्ने खर्च शीर्षक तलब, पारिश्रमिक, भत्ता, स्थानीय भत्ता, पोशाक, पानी तथा विजुली, सञ्चार महसुल ,खाद्यान्न, घरभाडालगायतका अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने’ पनि मार्गदर्शनमा भनिएको छ । तलब, भत्ता, पोशाक, खाद्यान्न, पानी तथा बिजुली, संचार महसुल र घरभाडामा आगामी वर्षको लागि दायित्व नसर्ने गरी खर्च व्यवस्थापन गर्नुपर्ने मन्त्रालयको मार्गदर्शनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने