पति–पत्नीनै मिलेर हनिट्रयाप धन्दा, ३ जना पक्राउ
काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा हुने गरेको थाहा भएको छ । त्यस्तो धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की छन् । साउन १ मा पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति पत्नी हुन् ।
सामाजिक सञ्जालबाट केटीको फोटो प्रयोग गरेर पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर कल्पनाले भेट्ने गर्थिन् । भेटेपछि झूटा मुद्दा लगाएर ‘फसाउँछु’ भनेर तीनैजना मिलेर ब्ल्याकमेल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पुरुषलाई रकम तिर्न बाध्य गराउन सञ्जय कार्कीले नक्कली इन्स्पेक्टरको भूमिका खेल्ने गरेका थिए । पुरुषहरूलाई ‘म इन्स्पेक्टर हुँ’ भनेर उनले लेनदेन गरेर विवाद नमिलाएमा मुद्दा दर्ता गर्ने धम्की दिने गरेको अनुसन्धानबाट थाहा भएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
पीडितको परिवारलाई साथी बनाएर उनीहरुले नक्कली निरीक्षकसँग कल्पनाले गरेको कुराकानीको अडियो पनि पठाउने गरेका थिए । आरोपीहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण