आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ लिएर डेरामा फर्केपछि सबै स्वतन्त्रता हरण भए भन्ने चिन्ता लागेको थियो : सभामुख सापकोटा

सोमबार, ०२ साउन २०७९, २२ : ३८
सोमबार, ०२ साउन २०७९

सभामुख अग्नि सापकोटाले आफुले पहिलोपटक सभामुखको शपथ लिएर डेरामा फर्केपछि आफुलाई आफ्ना सबै स्वतन्त्रता हरण भए भन्ने चिन्ता लागेको बताएका छन् । तर काम गर्दै जाँदा आफुलाई ठुलठुला विश्वविद्यालयका भन्दा पनि बढी शिक्षा लिने मौका पाएको उनले बताए । उनले काम गर्ने क्रममा कतिपय कमीकमजोरी भएको हुनसक्ने भन्दै आफुलाई प्रशंसा भन्दा आलोचना गरिदिन पत्रकारहरुलाई आग्रह समेत गरे ।  

‘मलाई प्रशंसाले होइन आलोचनाले सुध्रने मौका मिलेको छ’, सभामुख सापकोटाले सिंहदरबारमा भएको पत्रकार भेटघाटमा भने, ‘म सभामुख भएँ र मलाई सबैभन्दा ठुलो केही प्राप्त भएको छ भने अनुभव हो ।’  उनले यस्तो अनुभव कुनै विश्वविद्यालयको भन्दा कम नरहेको पनि टिप्पणी गरे । ‘मेरा लागि त अक्सफोर्ड, हार्डवर्ड विश्वविद्यालयको अध्ययन एकेडेमिक हिसावले महान हुन्छ होला । तर त्योभन्दा पनि कयौं गुणा अनुभव र विश्वविद्यालयजस्तो लागेको छ’,  उनले पहिलोपटक सभामुखको सपथ लिए पछिको अनुभव सुनाए ।

‘७६ माघमा सपथ ग्रहण लिएर त्यतिबेला डेरामा फर्किदै गर्दा बेलुका मलाई के लागेको थियो भने मेरा सबै स्वतन्त्रताहरु हरण भए भन्ने चिन्ता लागेको थियो । किनभने ३७ सालदेखि निरन्तर पार्टीमा लागेको मान्छे तर आफैलाई लगाम लाउनुपर्ने स्थिति भयो भनेर ।’ उनले आफुले कमीकमजोरीहरू सुधार्दै अघि बढ्ने भन्दै जिम्मेवारी लिन तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप