एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।
पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्दा हारेपछि सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको राजीनामा सोमबारदेखि लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण