शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद् पुनर्गठन, काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढ्यो

आइतबार, १२ असार २०७९, २१ : २५
आइतबार, १२ असार २०७९

आज २०७९ असार १२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार मन्त्रिपरिषद पुनर्गठन, काठमाडौंमा हैजाबाट १२ जना संक्रमित, दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला; उनको सल नालीमा भेटियो, सार्वजनिक सवारी साधनको भाडा घट्यो, लक्ष्मण थारुसहित थरुहट आन्दोलनका अगुवाहरु रेशम चौधरीको पार्टीमा प्रवेश, प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नभएपछि...लगायत छन् ।

१. नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार मन्त्रिपरिषद पुनर्गठन
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार अन्ततः मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । नेकपा एकीकृत समाजवादीले जेठ २२ मै आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । 

२. काठमाडौंमा हैजाबाट १२ जना संक्रमित
काठमाडौं उपत्यकामा हैजा संक्रमण गम्भीर चुनौतीका रुपमा देखिएको छ । उपत्यकामा १२ जनामा हैजा संक्रमण पाइएको हो ।

३. दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला; उनको सल नालीमा भेटियो
दोहोरी गायिका दिलमाया सुनार आफ्नै डेरामा मृत फेला परेकी छन् । काठमाडौंस्थित नेपालटारमा डेरामा बस्दै आएकी उनी शनिबार राति ११ बजे मृत फेला परेकी हुन् । प्रहरीले आइतबार महाराजगञ्जको नालीमा उनको सल फेला पारेको छ ।

४. सार्वजनिक सवारी साधनको भाडा घट्यो
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।

५. लक्ष्मण थारूसहित थरूहट आन्दोलनका अगुवाहरु रेशम चौधरीको पार्टीमा प्रवेश
थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारूसहित थरूहट आन्दोलनका अगुवाहरु रेशम चौधरीको पार्टीमा प्रवेश गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । 

६. प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नभएपछि...
आइतबार प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नभएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राखेको प्रस्ताव पारित हुन सकेन । बैठक सञ्चालनका लागि कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्नेमा गणना गर्दा ६३ सांसदमात्र उपस्थित थिए ।

७. वाम तालमेलका लागि वामदेवको कसरत
नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम अहिले कुनै पनि दलमा आवद्ध छैनन् । उनले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरेका छन् । उनी वाम एकताको पक्षमा देखिएका छन् । यद्यपि, उनको प्रस्तावका सम्बन्धमा कुनै पनि दलले उत्साहजनक प्रतिक्रिया भने जनाएका छैनन् ।

८. नेप्सेमा ९४ अंकको सुधार
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ । 

९. एमालेको ओरालो यात्रा जारी रहन्छ : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको ओरालो यात्रा जारी रहने दाबी गरेका छन् । अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको  तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पु¥याउन एकता घोषणा गरिएको दुवै दलले जनाएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप