अखिल क्रान्तिकारीका पवन कार्की सहित ८ जनालाई अनिश्चितकालिन निलम्बन
आइतबार, १२ असार २०७९, २१ : ००
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ । अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन् । गत जेठ ५ गतेका संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्कीसहित ८ जनालाई निलम्बन गरिएको हो ।
यस्तै संगठन सुदृढीकरण र परिचालन गर्न तीन महिने अभियान चलाइने भएको छ । संगठनका १९ जना उपाध्यक्ष रहनेगरी तीन महिने अभियानमा खटाइने भएको छ । यस्तै प्रदेश र संघको निर्वाचन अघि नै स्ववियु निर्वाचन गराउनु पर्ने माग गरिएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण