मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुपर्ने बताएका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्युरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए । सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रीमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए ।
उनले भने, ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ । त्यसकारण सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ । पोलिटब्युरोले निर्णय गरेको छ, केन्द्रिय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन । हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम कारवाही गर्छ ।’
सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा सुरुवाती सम्झौता बमोजिम हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण