एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ सोमबार
आइतबार, १२ असार २०७९, २० : ०४
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए ।
एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण