मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरू
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्दै नयाँ बन्ने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेकाले २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । यसैबीच आजै सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण