आपूर्ति मन्त्री बडूले सांसदलाई गराए पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले संसदलाई सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएका छन् । आइतबार विशेष सार्वजनिक महत्वको विषय प्रस्तुत गर्न सभामुख अग्नि सापकोटासँग समय लिएर उनले सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर भारी मात्रामा कटौती गर्दै मूल्य घटाएकोबारे प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।
उनले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटाएर १ सय ७९ कायम गरेको, डिजेलमा प्रतिलिटर २८ रुपैयाँ घटाएर १ सय ३० रुपैयाँ कायम गरेको जानकारी गराएका हुन् । उनले नेपाल आयल निगम सुधार गरेर जाने बताउँदै त्यसको सुधारका लागि अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन कार्यदल बनाउने निर्णय गरेको पनि जानकारी गराए ।
उनले सरकारी निकायले पेट्रोलियम पदार्थको उपभोगमा कम्तिमा २० प्रतिशत कम गर्ने नीतिगत निर्णय भइसकेको जानकारी गराए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहिलो चरणमा सिंहदरबारका सरकारी कार्यालयमा एलपी ग्यासको विकल्प अवलम्बन गर्ने व्यवस्था गरिएको बताए ।
निगम सञ्चालक समितिको निर्णय अनुसार व्यवसायिक तथा घरायसी प्रयोजनका लागि अलग अलग मूल्य निर्धारण गर्न समितिका सदस्यको संयोजकत्वमा सरोकारवालाको समेत प्रतिनिधित्व रहने गरी उपसमिति गठन गरिएको र छिट्टै यो व्यवस्था कार्यान्वयनमा ल्याइने बताए । सर्वसाधारणले खाना पकाउन प्रयोग गर्ने एलपी ग्यासको खपत न्यूनिकरण गर्ने, विद्युत खपत बढाउन राहत दिने, विद्युतीय चुल्हो प्रयोग बढाउन र विद्युत खपत बढाउन राहत र सहुलियत दिने नीति लिइएको पनि जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
-
‘सिधा कुरा’ विरुद्धको मुद्दा न्यायाधीशद्वय फुयाल र पौडेलको संयुक्त इजलासमा
-
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा ‘ब्रेक’
-
नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
आईटी विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र : अध्यक्ष ढकाल
-
९ महिनामा ११९ चलचित्र सेन्सर : ११ लाई एडल्ट, ६४ लाई ‘पीजी’ प्रमाणपत्र