झाँक्रीले भनिन् – बजेटको डिफेन्स गर्ने रहर थियो
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजेटको डिफेन्स गर्ने चाहनाले पार्टीले राजीनामा मागेको भन्दा केही दिन ढिलोमात्र पद छाड्नुपरेको बताएकी छन् । आइतबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा अश्रुधारा झार्दै झाँक्रीले पार्टीको निर्णय मान्न तयार हुँदाहुँदै आफूहरुले थाहा नै नपाई पार्टी निर्णय मिडियाबाट सार्वजनिक भएकोमा केही चित्त दुखाई भएको सुनाइन् ।
उनले आफूलाई बजेटको डिफेन्स गर्ने रहर रहेको र राष्ट्रिय सभामा बजेटबारे उठेका प्रश्नको आइतबार जवाफ दिएपछि जिम्मेवारी छोडेको जानकारी पनि दिइन् । ‘खासगरी मलाई चाही बजेटको डिफेन्स गर्ने रहर थियो त्यो आजबाट सकियो’, झाँक्रीले बिदाइ कार्यक्रममा भनिन् । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन भनेको सुनाउँदै आफूहरुले कुनै कसुरजन्य काम नगरेकाले राजीनामा दिनुपर्ने आवस्यकता नरहेको पनि बताइन् । ‘प्रधानमन्त्रीले पनि त्यही कुरा भन्नुभयो, सायद अब उहाँले भरे भोली नै मन्त्रिमण्डल हेरफेर गर्नुहुन्छ होला’, झाँक्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण