२ सय ८ सांसद टाप कसेपछि प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या पुगेन
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको कारवाही आधा घण्टा रोकिन पुग्यो ।
सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नै लाग्दा एमाले सांसद झापट बहादुर रावलले संसद बैठकमा गणपूरक संख्या (कोरम) नपुगेकाले सो विधेयकमाथिको कारवाही अघि बढाउनु प्रतिनिधिसभा नियमावली विपरित भएकोले निर्णयार्थ पेश गर्नुभन्दा पहिले सांसदहरुको गणना गर्न माग गरे ।
सांसद रावलले सो प्रश्न उठाएपछि सभामुख सापकोटाले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव पेश गर्न प्रतिनिधिसभाको १ चौथाई सांसद उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै सो रहे नरहेको हेर्न संसद सचिवालयलाई ३ मिनेट घण्टी बजाई गणना गर्न निर्देशन दिए । गणना गर्दा ६३ सांसद मात्र भेटिए । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६३ भएकोले बैठक आधा घण्टाका लागि सभामुख सापकोटाले स्थगित गरे । हाल प्रतिनिधिसभामा २ सय ७१ सांसद रहेका छन् । आइतबारको बैठकमा २ सय ८ जना सांसद अनुपस्थित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण