लोसपा नेपाल र लोक दलबीच एकता घोषणा (तस्बिरहरु)
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पुर्याउन दुई पार्टीहरूबीच एकता घोषणा गरिएको दुवै दलले घोषणा गरेका छन् ।
आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा एकता घोषणा गरिएको हो । एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् । उनीहरुबीच भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने उल्लेख छ ।
त्यस्तै जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गर्ने र लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई आउने संघ र प्रदेशको निर्वाचनमा लोसपा नेपालको प्रत्यक्ष एवं समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने उल्लेख छ । सहमति पत्रमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र लोक दलका तर्फबाट अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण