सोमबारबाट ललितपुरमा ठेलामा पानीपुरी बेच्न नपाइने
आइतबार, १२ असार २०७९, १२ : ३४
काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।
सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । यसबारे महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् । उनले अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताए ।
हाछेथुले आइतबार दिनभरी ठेलामा पानीपुरी बेच्नेहरुलाई ‘यसो नगर’ भनेर सम्झाउने र सोमबारबाट भने पूर्ण रुपमा ठेलामा पानीपुरी बेच्न प्रतिबन्ध लगाइने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण