प्रेम आलेको राजीनामा ‘ब्याक डेटमा’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको खुलाएका छन् । आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए ।
उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । अस्ति मैले सवा ३ बजेतिर पार्टीमा त्यो कुरा राखेको थिए, अहिले ठ्याक्कै ३ बज्दैछ, १५ मिनेट अघि नै मैले राजीनामा दिँए ।’ उनले आफूले ब्याक डेट राखेर राजीनामा दिएको बताए ।
उनले भने–‘मैले २ दिन अघि नै ब्याक डेटमा राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुप¥यो नी । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको तर्फबाट प्रतिनिधिसभामा त मैले जवाफ दिइसकेँ । राष्ट्रियसभामा जवाफ दिन बाँकी नै थियो । अहिले जवाफ दिएर फर्किएँ अब मेरो दायित्व पूरा भयो ।’
उनले अरु मन्त्रीहरुको बारेमा आफूलाई थाहा नभएको र आफूले चाही राजीनामा दिएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा पार्टीले नै मन्त्री सांसद, मन्त्री बनाउने र पार्टीमै राजीनामा दिने बताउँदै पार्टीले गरेको निर्णय स्वीकार्य भएको बताए । उनले बजेटबारे संसदमा जवाफ दिएर फर्किने भनेकोले मात्र समय लम्बिएको बताए । उनले आफू मन्त्रीको रुपमा रहँदा देश र जनताको पक्षमा राम्रो काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान