रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०७९ कार्तिक १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा ‘नो नट अगेन’ अभियान पानीको फोका : प्रचण्ड, छठ पर्व मनाइँदै, रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीको साथले सत्ता गठबन्धन कति बलियो ?, नेताहरुको चुनाव केन्द्रित आश्वासन र गतिविधि, निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका पाँच दर्जन उजुरी, एमाले गण्डकी प्रदेश कमिटीको घोषणापत्र सार्वजनिक, नेकपा एकीकृत समाजवादी र राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने लगायत छन् ।
१. ‘नो नट अगेन’ अभियान पानीको फोका : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘नो नट अगेन’ अभियानलाई ‘पानीको फोका’ को संज्ञा दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखामा जनसमुदायलाई सम्बोधन गर्दै उनले स्वतन्त्र उम्मेदवार हुँदैमा केही नहुने प्रस्ट पारे ।
२. छठ पर्व मनाइँदै
आज छठ पर्व मनाइँदै छ । तराई मधेसका साथै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा छठ पर्व मनाउने गरिन्छ । आज ब्रतालुहरुले तलाउ तथा नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूजा समापन हुन्छ ।
३. रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीको साथले सत्ता गठबन्धन कति बलियो ?
रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीले सत्तारुढ गठबन्धनसँग सहकार्य गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा सो जिल्ला अन्तर्गत राष्ट्रिय जनमुक्ति पार्टीका वडा अध्यक्ष पदका उम्मेदवारले ७ हजार ४७१ मत प्राप्त गरेका थिए । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाउने भएको छ भने बाँकी क्षेत्रमा सो पार्टीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ ।
४. नेताहरुको चुनाव केन्द्रित आश्वासन र गतिविधि
आसन्न निर्वाचनका लागि नेताहरु मतदातालाई रिझाउन व्यस्त छन् । यसै क्रममा विभिन्न दलका नेताले आश्वासनसमेत दिइरहेका छन् ।
कर्णालीका पूर्व मुख्यमन्त्री शाही भन्छन्–‘राजनीति दुई दिनको अस्थाई जागिर होइन्’ |
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिता उल्लंघनका उजुरी निर्वाचन आयोगमा धमाधम आउन थालेका छन् । हालसम्म पाँच दर्जनभन्दा बढी उजुरी आयोगमा दर्ता भइसकेको छ ।
६. एमाले गण्डकी प्रदेश कमिटीको घोषणापत्र सार्वजनिक
नेकपा एमालेको गण्डकी प्रदेश कमिटीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । २५ वर्षमा समृद्ध प्रदेश सुखी नागरिक बनाउने उद्घोषका साथ घोषणापत्र ल्याइएको हो ।
७. नेकपा एकीकृत समाजवादी र राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने
नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपाले आसन्न निर्वाचनका लागि भोलि घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको घोषणापत्र दुई भागमा विभाजित गरिएको छ । पहिलो भागमा नीतिगत प्रतिवद्धता र दोस्रो भागमा कार्यक्रम र योजना रहेको सो पार्टीका महासचिव बेदुराम भुसालले जनाए ।
राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने |
नेपाली कांग्रेसले घोषणापत्रमा उल्लेख गरिएको विषय कार्यान्वयनका सन्दर्भमा हरेक आर्थिक वर्षको दुई महिना भित्र ‘पार्टी अडिट’ गर्ने प्रतिबद्धता जनाएको छ । कांग्रेसको घोषणापत्र तयारी समितिका सदस्य तथा अर्थशास्त्री प्राडा गोविन्दराज पोखरेलका अनुसार पार्टीहरुले चुनावी घोषणापत्रमा जे पनि लेखिदिने र पछि कार्यान्वयनको स्वामित्व नलिने प्रवृत्ति अन्त्य गर्न कांग्रेसले ‘पार्टी अडिट’ को प्रतिबद्धता जनाएको हो ।
९. दाङमा किशोर–किशोरी हत्या : दुई साता बित्दासमेत अपराधी पत्ता लगाउन प्रहरी असफल
दाङमा असोज २७ गतेदेखि हराइरहेका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतारा क्षेत्रीको शव असोज ३० गते जंगलमा गाडेको अवस्थामा फेला परेको थियो । तर घटनाको दुई साता बित्दासमेत प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न र पक्राउ गर्न सकेको छैन ।
१०. र यो पनि,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण सुरु भएको ५० औँ हप्तामा डेंगु संक्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले ५० औँ हप्तामा संक्रमण शून्य हुने प्रक्षेपण गरिएको बताएका हुन् ।
सुर्खेतका बाढी पीडितले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका बाढी पीडितले पुनःस्थापनाको माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।
३५ तीर्थयात्री लिएर पाल्पाको रामपुरबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको ना ६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
-
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)
-
बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक