‘नो नट अगेन’ अभियानको अर्थ छैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दलको विकल्पको रुपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौंदेखि देशको राजकाज चलाइरहेका नेताहरुलाई नदोहोर्याउन अपील गरेका छन् । उनले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै त्यसको अर्थ नभएको बताए ।
अध्यक्ष प्रचण्डले यस्ताहरुले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप समेत लगाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा मतदाता भेटघाटको क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार बिहान जनसमुदायलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन, पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापी राम्रो होइन । मैले हेर्दाखेरि यो झण्डै झण्डै पानीको फोका जस्तो हो।’
गोरखाको प्रतिनिधिसभा–२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण