शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतका बाढी पीडितद्वारा कर्णाली राजमार्ग अवरुद्ध

आइतबार, १३ कात्तिक २०७९, १४ : १६
आइतबार, १३ कात्तिक २०७९

सुर्खेतका बाढी पीडितले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका बाढी पीडितले पुनःस्थापनाको माग गर्दै सडक अवरुद्ध गरेका हुन् । ०७१ सालमा बाढी पहिरोबाट विस्थापित भएकाहरु गिरीघाटमा बस्दै आएका छन् । भेरी नदीमा आएको बाढी पक्का, रानीघाट, इखेनीका बस्तीमा पसेको थियो ।

उनीहरुले बीना जानकारी नै सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार बिहानदेखि उनीहरुले आफ्ना विभिन्न माग राख्दै सडक अवरुद्ध गरेको बताएको छ ।  राजमार्ग अवरुद्धसँग कर्णाली राजमार्गमा आजत–जावत गर्ने सवारी साधनहरू ठप्प भएका छन् । राजमार्ग खुलाउनका लागि प्रहरीको टोली गिरीघाटतर्फ लागेको छ । गिरीघाट वीरेन्द्रनगरदेखि पश्चिमतर्फ पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप