शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगमा निर्वाचन आचारसंहिता उल्लंघनका ५ दर्जन उजुरी

आइतबार, १३ कात्तिक २०७९, १७ : ३०
आइतबार, १३ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको आचार संहिता उल्लंघनको उजुरी ५ दर्जन बढी पुगेको छ । आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार र संघसंस्थालाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ । 

आचार संहिता पालनाबारे अनुगमनका लागि ७७ जिल्लामा अनुगमन संयन्त्र बनाइएको र सो संयन्त्रले पनि हेरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।  मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समेत सहायक संयोजक रहनेगरी कोष तथा लेखा नियन्त्रक प्रमुखलाई अधिकृत तोकेर जिल्लामा अनुगमन कमिटी बनाइएको छ । 

विभिन्न जिल्लाबाट उजुरी आइरहेको र स्पष्टिकरण सोध्ने काम भइरहेको उनले बताए । सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभए केही उम्मेदवार र राजनीतिक दललाई दोहो¥याएर सोध्ने आयोगले तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप