शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट

आइतबार, १३ कात्तिक २०७९, १६ : ५२
आइतबार, १३ कात्तिक २०७९

ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट मागेकी छन् । भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले  भोट मागेकी हुन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । 

एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने उनी देश चुनावमय हुँदा निष्क्रिय देखिन्छन् । उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेको थियो । 

यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप