समाजका चुनौतीहरूलाई सकारात्मकरुपमा समाधान गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतीहरूलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक रहेको बताएका छन् । आइतवार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता सिंहले आगामी दिनमा समाजमा रहेका हरेक चुनौतीहरूको सकारात्मक दृष्टिकोणबाट मात्रै सामना गर्न सकिने बताए । उनले समाजका चुनौतीलाई बोलेर नभइ कार्यान्वयनमा ल्याएर देखाउन जरुरी रहेको बताए । नेता सिंहले यतिबेला सबै राजनीतिक दल र नेताहरु आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ब्यस्त रहेकाले आफू पनि निर्वाचनमा लागिरहेको बताए ।
उनले आगामी निर्वाचनमा विजयी हुन आफ्नो टिम हरेक किसिमबाट लागिपरेको बताए । नेता सिंह कांग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण