समाजका चुनौतीहरूलाई सकारात्मकरुपमा समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतीहरूलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक रहेको बताएका छन् । आइतवार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता सिंहले आगामी दिनमा समाजमा रहेका हरेक चुनौतीहरूको सकारात्मक दृष्टिकोणबाट मात्रै सामना गर्न सकिने बताए । उनले समाजका चुनौतीलाई बोलेर नभइ कार्यान्वयनमा ल्याएर देखाउन जरुरी रहेको बताए । नेता सिंहले यतिबेला सबै राजनीतिक दल र नेताहरु आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ब्यस्त रहेकाले आफू पनि निर्वाचनमा लागिरहेको बताए ।
उनले आगामी निर्वाचनमा विजयी हुन आफ्नो टिम हरेक किसिमबाट लागिपरेको बताए । नेता सिंह कांग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव