शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारका विषयमा जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

आइतबार, १३ कात्तिक २०७९, १२ : ११
आइतबार, १३ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताए ।

“चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्”, उनले भने ।

नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न कांग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताए । उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि बताए ।

पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत भएको स्पष्ट पारे । काठमाडौं क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धेरै काम गरेको स्मरण उनले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप