शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, १३ कात्तिक २०७९, २० : ४३
आइतबार, १३ कात्तिक २०७९

आज २०७९ कार्तिक १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा ‘नो नट अगेन’ अभियान पानीको फोका : प्रचण्ड, छठ पर्व मनाइँदै, रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीको साथले सत्ता गठबन्धन कति बलियो ?, नेताहरुको चुनाव केन्द्रित आश्वासन र गतिविधि, निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका पाँच दर्जन उजुरी, एमाले गण्डकी प्रदेश कमिटीको घोषणापत्र सार्वजनिक, नेकपा एकीकृत समाजवादी र राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने लगायत छन् ।

१. ‘नो नट अगेन’ अभियान पानीको फोका : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘नो नट अगेन’ अभियानलाई ‘पानीको फोका’ को संज्ञा दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखामा जनसमुदायलाई सम्बोधन गर्दै उनले स्वतन्त्र उम्मेदवार हुँदैमा केही नहुने प्रस्ट पारे ।

​२. छठ पर्व मनाइँदै
आज छठ पर्व मनाइँदै छ । तराई मधेसका साथै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा छठ पर्व मनाउने गरिन्छ । आज ब्रतालुहरुले तलाउ तथा नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूजा समापन हुन्छ ।

​३. रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीको साथले सत्ता गठबन्धन कति बलियो ?
रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीले सत्तारुढ गठबन्धनसँग सहकार्य गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा सो जिल्ला अन्तर्गत राष्ट्रिय जनमुक्ति पार्टीका वडा अध्यक्ष पदका उम्मेदवारले ७ हजार ४७१ मत प्राप्त गरेका थिए । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाउने भएको छ भने बाँकी क्षेत्रमा सो पार्टीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ ।

४. नेताहरुको चुनाव केन्द्रित आश्वासन र गतिविधि
आसन्न निर्वाचनका लागि नेताहरु मतदातालाई रिझाउन व्यस्त छन् । यसै क्रममा विभिन्न दलका नेताले आश्वासनसमेत दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप