बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कात्तिक १८ अघि चुनाव प्रचार नगर्न आयोगको चेतावनी, चुनावी ब्याटल– कहाँ कस्ता उम्मेदवार ?

सोमबार, ३१ असोज २०७९, २१ : ०५
सोमबार, ३१ असोज २०७९

आज २०७९ साउन असोज ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा ६७ औं प्रहरी दिवस : एसपी खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता, कात्तिक १८ अघि चुनाव प्रचार नगर्न उम्मेदवारलाई आयोगको चेतावनी, माओवादीका बागी उम्मेदवार कारबाहीमा, चुनावी ब्याटल :  कहाँ कस्ता उम्मेदवार ?, कोरोनाको तुलनामा सुर्तीजन्य पदार्थका कारण मृत्यु दर चार गुणा बढी, कतार जाने कामदारलाई भिसा समस्या, राजनीतिमा कलाकार कति सफल ? लगायत छन् ।

१.६७ औं प्रहरी दिवस : एसपी खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता
सोमबार ६७ औं प्रहरी दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै अपराध अनुसन्धान गर्दा कसैको दबाबमा नपर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । सो अवसरमा एसपी सन्तोष खड्कालाई उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरी पुरस्कृत गरिएको थियो ।

निर्वाचन आयोगले कार्तिक १८ गतेभन्दा अघि चुनाव प्रचारप्रसार नगर्न उम्मेदवारहरूलाई सचेत तुल्याएको छ । आयोगले निर्धारित समय अघि नै चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज हुने चेतावनीसमेत दिएको छ । 

४. चुनावी ब्याटल : कहाँ कस्ता उम्मेदवार ?
आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा रातोपाटीले विभिन्न निर्वाचन क्षेत्र केन्द्रित रहेर सो क्षेत्रका उम्मेदवारका साथै मुख्य प्रतिस्पर्धीको अवस्थाबारे केलाउने प्रयास गरेको छ । यसै क्रममा सोमबार तयार पारिएका केही सामग्री निम्न छन्– 

५. कोरोनाको तुलनामा सुर्तीजन्य पदार्थका कारण मृत्यु दर चार गुणा बढी
नेपालमा कोरोना महामारीको तुलनामा सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुनेको संख्या चार गुणाभन्दा बढी देखिएको छ । कोरोना महामारीले झण्डै तीन वर्षमा १२ हजार मानिसको मृत्यु हुँदा सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष २७ हजारभन्दा बढीको मृत्यु हुने गरेको विज्ञहरुको भनाइ छ ।

भिसा समस्याले नेपाली श्रमिकहरू कतार जानबाट रोकिएका छन् । विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएर पनि जान नपाएका हुन् । 

७. राजनीतिमा कलाकार कति सफल ?
पछिल्लो समय नेपाली कलाकारहरु राजनीतितर्फ आकर्षित हुँदै गएका छन् । केही कलाकार राजनीतिक दलमै आवद्ध भएर चुनावी मैदानमा होमिएका छन् भने केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दिने गरेका छन् । यद्यपि, राजनीतिमा सफल भएर उदाहरणीय बनेका नेपाली कलाकार भने खासै देखिँदैनन् ।

बैंकहरुले ब्याजदर बढाएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार बुटवलमा र्यालीसमेत निकालेर बैंकको व्याजदर बृद्धिको विरोध जनाएका हुन् ।

९. बैंकमा फर्कियो ८ अर्ब रुपैयाँ
पछिल्लो साता वाणिज्य बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार गत असोज २१ गतेदेखि २८ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो । 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ । आइतबार बिहान जोशीको निधन भएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले उम्मेदवारी धेरै ठाउँमा दिनुभन्दा जित्नु ठूलो कुरा भएको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महतले धेरै ठाउँमा जित्ने गरी कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढेको बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप