बैंकमा फर्कियो ८ अर्ब रुपैयाँ : कर्जा लगानीमा स्थिरता
सोमबार, ३१ असोज २०७९, १७ : ३७

पछिल्लो साता वाणिज्य बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार गत असोज २१ गतेदेखि २८ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।
अघिल्लो हप्ता अर्थात् असोज १४ गतेदेखि २१ गतेसम्म बैंकहरुले ८ अर्ब रुपैयाँले नै निक्षेप गुमाउँदै ४५ खर्ब ११ अर्ब सङ्कलन गरेका थिए । तर, समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ भने स्थिरता कायम भएको छ । संघको रिपोर्ट अनुसार असोज २१ गतेसम्म कुल ४१ खर्ब ९३ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो साता अर्थात् असोज २८ गतेसम्म पनि सोही लगानी कायम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी