कांग्रेस प्रवक्ताले भने– उम्मेदवारी धेरै ठाउँमा दिनुभन्दा जित्नु ठूलो कुरा हो
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले उम्मेदवारी धेरै ठाउँमा दिनुभन्दा जित्नु ठूलो कुरा भएको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महतले धेरै ठाउँमा जित्ने गरी कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढेको बताए ।
उनले भने– ‘गठबन्धनका कारण पार्टीमा ठूलो योगदान गरेका नेताहरुलाई पनि उम्मेदवार बनाउन सकिएन । तर हामीले धेरै सिटमा उम्मेदवारी दिने भन्दा पनि जित्नुपर्छ भन्ने हाम्रो धारणा हो। गठबन्धनका सबै दलहरू लाग्नुपर्छ।’
सबै क्षेत्रमा पार्टीका उम्मेदवार नहुँदा पनि मतदाता परिचालन गर्न आफूहरू सफल हुने उनको भनाइ छ । गठबन्धनका उम्मेदवारलाई जिताएर कांग्रेस नेतृत्वको सरकार बनाउने लक्ष्य रहेको बताए । ‘हामीले कांग्रेस नेतृत्वको सरकार बनाएर संविधानको रक्षा गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने ।
गठबन्धनले संविधान र मुलुकलाई ट्र्याकमा ल्याएको महतको दाबी छ । ‘गत वर्ष असारमा भएको गठबन्धनले संविधान र मुलुकलाई ट्र्याकमा ल्याएको छ । कोभिड नियन्त्रणमा लिएको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन ल्याएको छ,’ उनले भने ।
उदारताको साथ सीट बाँडफाँट गर्दा पनि सत्ता गठबन्धनबाट बाहिरिएको जसपाको जनताबाट मूल्यांकन हुने महतको टिप्पणी छ । ‘हामीले सिट बाँडफाँट गरेपछि चुनावी तयारीमा जुटेका छौं,’ उनी भन्छन्, ‘जसपा बाहिरिएको छ। हामीले उदारताको साथ सिट बाँडफाँट गरेका छौँ। तर, जसपा बाहिरिएको छ। उहाँहरूको मूल्यांकन जनताबाट हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण