पूर्व एआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
सोमबार, ३१ असोज २०७९, १५ : ०७

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र बहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई सो अवार्ड प्रदान गरेका हुन् ।
बझाङका बुंगल नगरपालिका घर भएका सिंहले २०६३ मा प्रहरीबाट अवकाश पाएका थिए । २०३३ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रबहादुर सिंह १९९१ मा युगोस्लाभियामा युद्ध हुँदा वार क्राइमबारे अनुसन्धान गर्न त्यहाँ खटिएका थिए । बेलायतमा प्रहरी अधिकृतको पास आउट समारोहमा गएर आफुले सलामी ग्रहण गरेको सिंहले बताए ।
जनयुद्धमा आफूमाथि ३ पटक आक्रमण भएको उल्लेख गर्दै नक्साल स्थित प्रहरी दिवस समारोहमा सिंहले भने– ‘युद्धमा पटक पटक आक्रमण भएपनि विचलित भइन् । सिंह अहिले नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरपोर्ट सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?
-
श्याम र मिराको ‘फूलको रङ्ग’मा प्रभात र उषाको अभिनय
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन