पूर्व एआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
सोमबार, ३१ असोज २०७९, १५ : ०७
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र बहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई सो अवार्ड प्रदान गरेका हुन् ।
बझाङका बुंगल नगरपालिका घर भएका सिंहले २०६३ मा प्रहरीबाट अवकाश पाएका थिए । २०३३ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रबहादुर सिंह १९९१ मा युगोस्लाभियामा युद्ध हुँदा वार क्राइमबारे अनुसन्धान गर्न त्यहाँ खटिएका थिए । बेलायतमा प्रहरी अधिकृतको पास आउट समारोहमा गएर आफुले सलामी ग्रहण गरेको सिंहले बताए ।
जनयुद्धमा आफूमाथि ३ पटक आक्रमण भएको उल्लेख गर्दै नक्साल स्थित प्रहरी दिवस समारोहमा सिंहले भने– ‘युद्धमा पटक पटक आक्रमण भएपनि विचलित भइन् । सिंह अहिले नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण