प्रहरीमा जवानको पेन्सन अवधि १६ वर्ष बनाउन छलफल हुँदैछ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले भने– ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’
अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय गरेको छैन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई १८ वर्ष सेवा अवधि पुरा भएपछि पेन्सन दिन प्रस्ताव गरेको छ । गृहमन्त्री खाणले कोभिड–१९ को जोखिममा प्रहरी कर्मचारीले गरेको कामको उच्च प्रशंसा गरेका छन् । अपराधमा नयाँ आयाम थपिएको उल्लेख गर्दै गृहमन्त्री खाणले भने– ‘अनुसन्धानमा प्रहरीको क्षमता बढाउन र सुविधा वृद्धि गर्न सरकार प्रयासरत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा